chetan a
माओवादी पार्टी कार्यलय पेरिसडाँडामा यौनकाण्ड सम्बन्धी निवेदन दर्ज भएसँगै हल्लीखल्ली मच्चिएको छ ।दुई केन्द्रीय सदस्यले अर्काेको श्रीमतीलाई जर्वजस्त गर्न खोजेको व्यहोराको उजुरी पार्टी केन्द्रीय कार्यलयमा दर्ज भएको बुझिएको छ । पार्टीका दुई केन्द्रीय सदस्य विरुद्ध नै उजुरी परेपछि  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले घटनाको सत्यतथ्य बुझ्न दुई सदस्यीय छानबिन समिति बनाइ काम अगाडि बढाउन निर्देशन दिएकाछन ।
gnesh-3-358x300

माओवादी स्रोतका अनुसार पार्टी केन्द्रीय सदस्य गणेश भण्डारी र संगीतकार चेतन सापकोटा विरुद्ध पार्टी कार्यलयमा उजुरी दर्ता भएको हो । उनीहरु प्रचण्ड प्रधानमन्त्री निर्वाचन भएकै ताका एक जना राप्रपा पार्टीका केन्द्रीय सदस्यको घरमा पाहुना लाग्न गएका थिए । राती मदिरा सेवन गरेसँगै ति नेताका श्रीमती माथि जाइलागेसँगै मध्यरातमा उनीहरुले तिनको श्रीमानबाट झापु भेटेका हुन ।

kp-pathak

सांष्कृतिक विचलनको आरोप लगाँउदै ति दुई नेता विरुद्ध पार्टी कार्यलयमा मुद्धा दर्ता भएसँगै यो विषयमा छानविन गर्नका लागि विश्वभक्त दुलाल ‘आहुती’ र वलराम तिमिल्सिना सदस्य रहेको समिति बनेको छ ।

तिमिल्सिनाले हामीसँग कुराकानी गर्दै मुद्धा दर्ता भएको कुरा स्वीकार गरेका छन । यता, आहुति दक्षिण कोरियामा रहेकोले उनी फर्किएसँगै अध्ययन अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याइने बताइएको छ ।यता,यो प्रकरण बाहिरिएसँगै पार्टीका नेता तथा कार्यकर्ताहरु खुलेरै बहसमा उत्रिएका छन । सामाजिक सञ्जालमा पार्टीका केन्द्रीयस्तरका नेताहरु नै विरोधमा उत्रिएको देख्न पाइन्छ ।    
matrika



यस विषयमा प्रतिक्रिया लिनका लागि संगितकार सापकोटा र गणेश भण्डारीलाई सम्र्पक गर्दा उनीहरु सम्र्पकमा आउन चाहेनन ।


http://yeskathmandu.com बाट साभार