Sunday, August 21, 2016

अर्काकी छोरी र श्रीमती समातेको आरोपमा विकास बोर्डका पूर्वअध्यक्ष भण्डारी र संगीतकार सापकोटामाथि छानबिन, नालीबेली पढ्नुहोस तपाईहरुलाई पनि अचम्म लाग्ने छ .. -


काठमाडौं, ३२ साउन २०७३ । 

मान्छेले एकैछिन आफ्नो होस गुमाउँदा कस्तोसम्म सास्ती बेहोर्नु पर्दाे रहेछ भन्ने कुरा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी र संगीतकार चेतन सापकोटाको जीवनमा ठ्याक्कै मेल खान पुगेको छ ।

सांस्कृतिक विचलनको नाममा उनीहरूमाथि अहिले नेकपा माओवादी केन्द्रले छानबिन थालेको छ । भण्डारी माओवादी निकट एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको अध्यक्ष पनि हुन् । महासंघमा माओवादी सम्बद्ध अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ र अखिल नेपाल नाट्यकर्मी संघ आबद्ध छन् ।

के भएको थियो ?
घटना करिब दुई साताअघिको हो । भण्डारी र संगीतकार सापकोटा मैतीदेवीको एक रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए । त्यही बेला सुदीप सापकोटा नाम गरेका माओवादी कार्यकर्ताले सापकोटालाई फोन गरे । उनी पाटनको कुनै एक रेस्टुरेन्टमा राप्रपाका नेता प्रेम देशारसँग बसेर रक्सी खाँदै थिए । उनले भण्डारी र सापकोटालाई पाटनतिरै बोलाए । त्यहीँ बसेर देशार, भण्डारी र चेतन सापकोटाले राति साढे १० बजेसम्म रक्सी खाए । सोही क्रममा उनीहरू राम्रो सम्बन्ध स्थापित भयो ।

रक्सी धेरै खाएपछि सापकोटा र भण्डारी हिँड्न नसक्ने अवस्थामा पुगेकाले देशारले उनीहरूलाई आफ्नै घर चापागाउँ जान आग्रह गरे । भण्डारी र सापकोटा राजी भएपछि सबै चापागाउँ पुगे । देशार राप्रपाको राजनीतिबाट असन्तुष्ट छन् । सोही कारण उनलाई माओवादी प्रवेश गराउन आफूहरूले सहयोग गर्ने देशारलाई भण्डारी र सापकोटाले रेस्टुरेन्टमा दिएको बताइन्छ ।

झन्डै मध्यराति उनीहरू चापागाउँस्थित देशारको निवास पुगेका थिए । घरमा देशारकी श्रीमती र छोरी टिभी हेरेर बसेका थिए । देशारले सापकोटा र भण्डारीको परिचय गराइदिए । देशारकी छोरी मोडलिङ र संगीतप्रति बढी सौखिन रहिछन् । संगीतकार भएकाले सापकोटाले देशारकी छोरीलाई गितार बजाउने यसरी हो भन्दै सिकाउन थाले । उनलाई रक्सीले छाडेको थिएन । बाबुआमाकै अगाडि चेतनले छोरीको हात समाउने, जिस्काउने, स्पर्श गर्न थाले ।

गफगाफ गर्दागर्दै साढे १२ बजिसकेको थियो । देशारकी श्रीमती अर्को कोठामा सुत्न गइन् । देशार पनि उनीहरूलाई त्यहीँ छाडेर सुत्न गए । त्यही मौकामा चेतन र भण्डारीले देशारकी छोरीलाई जबर्जस्तीकरणी गर्न थाले । छोरीलाई समातेर यौन दुव्र्यवहार गरेको थाहा पाएपछि देशारकी श्रीमती आएर चिच्याइन् । उनलाई पनि चेतनले सोही व्यवहार गरेका थिए ।

श्रीमती कराएपछि प्रेम देशार आएर भकाभक चेतन र गणेशलाई कुट्न थाले । केही समय दुवै पक्षबीच फाइट चल्यो । देशार ताइक्वान्दोका ब्ल्याकबेल्ट पनि भएकाले उनले दुवैले लोत हुने गरी चुटे । त्यसपछि गणेश र चेतन त्यहाँबाट भागे । मध्यराति भाग्ने क्रममा दुवै आ–आफ्नो ढंगले कुदे । चेतन र गणेश खाली खुट्टामा भागेका थिए । भाग्दा भाग्दा गणेश बिहान ३ बजे गोदाबरी निस्केका थिए । चेतन भने कता पुगे गणेशले थाहा पाएनन् । बिहान भएपछि मात्र बल्ल एउटा ट्याक्सीलाई अनुरोध गरेपछि गणेश आफ्नो घरमा आएर सुतेका थिए ।
यसरी खुल्यो पोल
चेतन र गणेशले आफ्नो श्रीमती र छोरीप्रति गरेको दुव्र्यहारले प्रेम देशार पीडामा थिए । उनले माओवादीकै एक नेता अर्जुन खालिङलाई यो कुरा सेयर गरे । खालिङले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गोपाल किराँतीलाई चेतन र गणेशको हर्कतबारे सबै बताइदिए । किराँतीले माओवादी नेता रामबहादुर थापा बादलकहाँ यो कुरा पु¥याइदिए । बादलले माओवादी सांस्कृतिक विभागका प्रमुख आहूति र बलराम तिमल्सिनालाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

पेरिसडाँडामा उजुरी
प्रेम देशारले चेतन र गणेशविरुद्ध माओवादी मुख्यालय पेरिसडाँडामा उजुरी पनि दर्ता गराएका छन् । उनको उजुरीपछि आहूति र तिमल्सिनाले चेतन सापकोटा र गणेश भण्डारीलाई सम्पर्क गरेको थियो । भण्डारीले आफूमाथि पार्टीले गरेको छानबिनमा सहयोग गर्ने र कारबाही भोग्न आफू तयार भएको बताएको माओवादीका एक नेताले बताए । तर, चेतन भने अझै पनि छलेर हिँड्ने गरेका छन् । उनी कहिले विदेश त कहिले कुलेखानीतिर छु भनेर छल्दै हिँडेको पेरिसडाँडा स्रोतले बतायो ।

यही हप्ता छानबिन टुंगिने
चेतन सापकोटा र गणेश भण्डारीको यो हर्कतले माओवादी कलाकारमा खैलाबैला मच्चिएको छ । उनीहरूमाथि सांस्कृतिक विचलनको आरोपमा कडा कारबाही नगरे धेरै कलाकार साहित्यकारले माओवाद पार्टी छाड्ने चेतावनी दिएका छन् । जसका कारण आहूति र तिमल्सिनाले यही हप्ताभित्र छानबिन टुंग्याउने प्रतिबद्धता जनाएको बुझिएको छ ।

माओवादी पार्टी निकट निर्माता निर्देशक केपी पाठकले फेसबुकमा अप्रत्यक्ष रूपमा सो विषयबारे स्टाटस राखेपछि ‘सापकोटा र भण्डारीको जबर्जस्तीकरणी’ को कर्तुतको पोल खुलेको हो । माओवादीका १० वटा घटक मिलेर नेकपा माओवादी केन्द्र भएकाले अन्य माओवादी सम्बद्ध कलाकारले यो घटनालाई चाँडो टुंग्याए मात्र एकता हुने भनेपछि आहूति र तिमल्सिनाले यही साता यो घटनाको विस्तृत जानकारी गराउने पेरिसडाँडा स्रोतले बतायो ।

सो काण्डमा मुछिएका भण्डारीले भने आफूले गल्ती नगरेको, चेतनले गरेको गल्तीको सजाय आफू भोग्न तयार भएको निकटहरूलाई बताउने गरेका छन् ।

स्रोत: मिडिया एनपी

http://www.sajhapage.info बाट साभार 

No comments:

Post a Comment