Sunday, August 21, 2016

चेतन सापकोटा र गणेश भण्डारीले ‘मदिरा पिएर’ अर्काकी छोरी समातेपछि माओवादीमा तरंग





चेतन सापकाेटा र गणेश भण्डारी
काठमाडौं, ३२ साउन । नेपाली गायन र संगीत क्षेत्रमा चर्चित नाम हो–चेतन सापकोटा । चलचीत्र क्षेत्रमा अर्को चर्चित नाम गणेश भण्डारी पनि हो । चीनमा माओले गरेको साँस्कृतिक क्रान्तिको अनुयायी नेकपा माओवादी केन्द् निकट रहेका उनीहरु दुवैको साँस्कृतिक विचलनको घटना सुन्नु भयो भने तपाईंले जिब्रो टोक्नुु हुनेछ । भण्डारी त अझै माओवादी निकट अखिल नेपाल एकीकृत जनसाँस्कृतिक महासंघका अध्यक्ष पनि हुन् । यता सापकोटा पनि महासंघमै छन् । साँस्कृतिक आन्दोलनका यी दुई हस्तीहरुको ‘जनवादी रामलिला’ यहाँबाट सुरु हुन्छ ।
यो घटना करिब २ साता अगाडिको हो । मैतिदेवि स्थित एक रेस्टुरेन्टमा संगीतकार सापकोटा र भण्डारी खाजा खाँदै थिए । सिन्धुपाल्चोककै सुदीप सापकोटाले चेतन सापकोटालाई फोन गरेर पाटनमा रोमान्स गर्न बोलाए । सुदीप एक्लै थिएनन् उनीसँगै राप्रपाका नेता प्रेम देशार पनि थिए ।
राप्रपाका नेता भनिएपनि उनी पार्टी प्रति असन्तुष्ट रहँदै आएका थिए । उनै देशार र सुदीपले बोलाएपछि उनीहरु संगीतका सापकोटा र गणेश भण्डारी चापा गाउँ तिरै लागे । माओवादीकै केही कार्यकर्ताको दाबी अनुसार उनै राप्रपाका प्रेम देशार माओवादी केन्द्रमा प्रवेश हुने खुसीयालीमा जाँड पाटी आयोजना गरिएको थियो । सोही पाटीमा सापकोटा, भण्डारी देशारले राती १२ बजेसम्म मदिरा पान गरेका थिए ।
मदिराबाट लठ्ठिएका उनीहरु उठ्न समेत नसक्ने अवस्थामा पुगेपछि चापा गाउँकै स्थानीय रहेका प्रेम देशारले उनीहरु दुवै जनालाई निवासमा लिएर गएका थिए । देशारको निवासमा उनकी किशोरी छोरी र श्रीमति थिए । छोरीले मोडलीङ र संगीतमा रुची राख्ने गर्थिन् । निवासमा पुग्दा उनी र देशारकी पत्नि टिभी हेर्दै थिइन् । छोरीको हातमा गितार थियो । उत्तेजक र हल्लिँदै पुगेका सापकोटा र भण्डारीले उनको छोरी तर्फ आँखा लगाए । सापकोटाले गिटार यसरी बजाउनु पर्छ भन्दै सिकाउन थाले । यहीबीचमा सापकोटा र भण्डारीले देशारकी छोरीलाई सुम्सुम्याउने, स्पर्श गर्न थालिसकेका थिए ।
यता देशारकी श्रीमति भने सुतीसकेकी थिइन् । मध्येरात भएकाले देशार पनि सुत्न गए । एकैछिनमा उनकी छोरी चिच्यान थालेपछि श्रीमती पनि चिच्यान थालिन । सुत्ने तरखरमा रहेका प्रेम देशार तेक्वान्दोका ब्ल्याकबेल्ट समेत थिए । उनले भण्डारी र सापकोटालाई ‘भकुर्न’ थाले । निकै राम धुलाई भएपछि जुत्ता चप्पल समेत छोडेर भण्डारी र सापकोटा भागेका थिए । आफ्नो–आफ्नो दिशामा भागेका उनीहरु मध्ये गणेशले चेतनलाई छोडेर भागेका थिए । एकै चोटी रातको तीनबाजे मात्रै भण्डारी गोदावरी आइपुगेका थिए ।
यो घटनाको विषयमा माओवादी हेडक्वाटर पेरिस डाँडामा उजुरी परेको छ । उजुरीपछि छानबीन गर्नको लागि सांस्कृतिक विभागका ईन्चार्ज विश्वभक्त दुलाल आहुती नेतत्वमा दुई सदस्यीय छानबीन समिति समेत बनेको छ । छानबीन समितिका सदस्य रहेका बलराम तिमल्सीना विप्लवले उजुरी परिसकेको एक अनलाईनलाई जानकारी दिएका छन् ।
यता माओवादीकै साँस्कृतिक विभागमा रहेका निर्देशक केपी पाठकले सामाजिक सञ्जालमा उक्त घटनाबारे सांकेतिक पोल खोलिदिएका थिए ।
भण्डारी र सापकोटा माओवादी केन्द्रका आयोजक समितिमा समेत रहेको बताइएको छ ।

http://diyopost.com बाट साभार 

No comments:

Post a Comment