Sunday, August 21, 2016

माओवादी केन्द्रका जिम्मेवार नेतालार्इ गंभीर याैन दुराचारकाे अाराेप

नेकपा माओवादीका केन्द्रीय सदस्य एव एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी यौन काण्डमा फसेका छन् ।उनीसँगै महासंघका केन्द्रीय सदस्य एवं चल्तीका संगीतकार चेतन सापकोटा समेत सो काण्डमा फसेपछि माओवादी केन्द्रमा ठूलो खैलाबैला मच्चिएको छ ।
केही दिनअघि गणेश भण्डारी र सापकोटा काठमाडौंस्थित देसार थरका राप्रपाका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउन पार्टीको अनुमति बिना छलफल चलाइरहेका थिए ।छलफलकै क्रममा देसार माओवादी केन्द्रमा प्रवेश गर्न राजी भए । र, उक्त खुशीयालीमा काठमाडौंको एक रेष्टुरेन्टमा भव्य जाँडपाटी पनि भयो ।
जाँडपाटी राती अबेरसम्म चलेपछि गणेश र चेतन देसारसँगै उनको घरमा गए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई अतिथिकै रुपमा घरमा सम्मानपूर्वक राखे ।जाँडले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक संस्कार र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरे ।उक्त घटनापछि देसारकै श्रीमतीले ‘गुहार’ भनेपछि देसार के भो भन्दै श्रीमतीभएतिर आइपुग्छन् । उनी नजिक पुग्दा भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेको देख्छन् ।
त्यसपछि रिसले चुर भएका देसारले भण्डारी र सापकोटालाई निर्घात कुटेर प्रहरीसामु बुझाउन खोज्दा त्यहाँबाट उनीहरु भाग्न सफल हुन्छन् ।यसरी पाउना पर्न गएका भण्डारी र सापकोटाले पाउना घरकै नारीहरुमाथि गिद्दे नगर लगाउनु पुग्नुको परिणाम उनीहरु अहिले अर्ध भूमिगत बस्न बाध्य भएका छन् ।
अहिले पीडित पक्ष देसार परिवारले गणेश भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।
सोही उजुरीलाई आधार मानी प्रचण्डको ठाडो आदेशमा पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अहिले छानबिन प्रक्रिया अगाडि बढिरहेको छ । तर, आरोपित भण्डारी र सापकोटा भागिरहेको पार्टीका नेताहरु बताउछन् ।

chetan
अाराेपित चेतन सापकाेटा

यसै सिलसिलामा छानबिन समितिका संयोजक आहुतिलाई फोन हान्दा फोन सम्पर्क हुन सकेन र पीडित पक्षले पार्टी कार्यालयको अलावा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गरेको सूचना प्राप्त भएको छ ।
यसै काण्डलाई लिएर सोही संगठनका उपाध्यक्ष केपी पाठकले सामाजिक संजाल फेसबुकबाट भण्डारी र सापकोटालाई लक्षित गर्दै विरोध गरेका छन् ।
उनी लेख्छन् –
‘हैट, अब त जिम्मेबार साथी भनेर घरमा लान पनि डर भो । भनौ लाजमर्दो कुरा …… सहकार्य पनि कसरी गर्नु खै …??’

kp pathak

केपी पाठकको उक्त स्टाटसमाथि सोही जनसांस्कृतिक महासंघका पूर्व संयोजक तथा पार्टी केन्द्रीय सदस्य मातृका पोखरेल यस्तो प्रतिक्रिया दिन्छन् –
‘खै पेरिसडाँडामा सांस्कृतिक मोर्चा गनायो भन्दारैछन् । कुरो चाहिँ के हो, पटक्कै थाहा छैन । मैले सोधेपछि कुरा सुनाउनु होला । पेरिसडाँडामा हाकिमहरुले बोलाका छन् । जान पनि राम्ररी खुटट लागेका छैनन् । बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो ।’

matrika
त्यही घटनामा माओवादी केन्द्रका नेता बलराम तिमिल्सिना लेख्छन् –
‘छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको । जे होस थैली मुख कस्ने चोरबाट जोगिने ।’
balaram


http://saptakoshionline.com बाट साभार  

No comments:

Post a Comment