Sunday, August 21, 2016

माओवादी केन्द्रका जिम्मेवार नेतालार्इ गंभीर याैन दुराचारकाे अाराेप

याे घटनापछि छानबिन समिति गठन, माअाेवादी केन्द्रकाे सांस्कृतिक माेर्चामा व्यापक खैलाबैला


काठमाडौं, ३० साउन: २०७३ 
gnesh 3
नेकपा माओवादीका केन्द्रीय सदस्य एव एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी यौन काण्डमा फसेका छन् ।
उनीसँगै महासंघका केन्द्रीय सदस्य एवं चल्तीका संगीतकार चेतन सापकोटा समेत सो काण्डमा फसेपछि माओवादी केन्द्रमा ठूलो खैलाबैला मच्चिएको छ ।
केही दिनअघि गणेश भण्डारी र सापकोटा काठमाडौंस्थित देसार थरका राप्रपाका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउन पार्टीको अनुमति बिना छलफल चलाइरहेका थिए ।
छलफलकै क्रममा देसार माओवादी केन्द्रमा प्रवेश गर्न राजी भए । र, उक्त खुशीयालीमा काठमाडौंको एक रेष्टुरेन्टमा भव्य जाँडपाटी पनि भयो ।
जाँडपाटी राती अबेरसम्म चलेपछि गणेश र चेतन देसारसँगै उनको घरमा गए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई अतिथिकै रुपमा घरमा सम्मानपूर्वक राखे ।
जाँडले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक संस्कार र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरे ।
उक्त घटनापछि देसारकै श्रीमतीले ‘गुहार’ भनेपछि देसार के भो भन्दै श्रीमतीभएतिर आइपुग्छन् । उनी नजिक पुग्दा भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेको देख्छन् ।
त्यसपछि रिसले चुर भएका देसारले भण्डारी र सापकोटालाई निर्घात कुटेर प्रहरीसामु बुझाउन खोज्दा त्यहाँबाट उनीहरु भाग्न सफल हुन्छन् ।
यसरी पाउना पर्न गएका भण्डारी र सापकोटाले पाउना घरकै नारीहरुमाथि गिद्दे नगर लगाउनु पुग्नुको परिणाम उनीहरु अहिले अर्ध भूमिगत बस्न बाध्य भएका छन् ।
अहिले पीडित पक्ष देसार परिवारले गणेश भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।
सोही उजुरीलाई आधार मानी प्रचण्डको ठाडो आदेशमा पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अहिले छानबिन प्रक्रिया अगाडि बढिरहेको छ । तर, आरोपित भण्डारी र सापकोटा भागिरहेको पार्टीका नेताहरु बताउछन् ।
chetan
अाराेपित चेतन सापकाेटा
यसै सिलसिलामा छानबिन समितिका संयोजक आहुतिलाई फोन हान्दा फोन सम्पर्क हुन सकेन । यता  पीडित पक्षले भने पार्टी कार्यालयको अलावा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गरेको सूचना प्राप्त भएको छ ।
यसै काण्डलाई लिएर सोही संगठनका उपाध्यक्ष केपी पाठकले सामाजिक संजाल फेसबुकबाट भण्डारी र सापकोटालाई लक्षित गर्दै विरोध गरेका छन् ।
उनी लेख्छन् –
‘हैट, अब त जिम्मेबार साथी भनेर घरमा लान पनि डर भो । भनौ लाजमर्दो कुरा …… सहकार्य पनि कसरी गर्नु खै …??’
kp pathak
केपी पाठकको उक्त स्टाटसमाथि सोही जनसांस्कृतिक महासंघका पूर्व संयोजक तथा पार्टी केन्द्रीय सदस्य मातृका पोखरेल यस्तो प्रतिक्रिया दिन्छन् –
‘खै पेरिसडाँडामा सांस्कृतिक मोर्चा गनायो भन्दारैछन् । कुरो चाहिँ के हो, पटक्कै थाहा छैन । मैले सोधेपछि कुरा सुनाउनु होला । पेरिसडाँडामा हाकिमहरुले बोलाका छन् । जान पनि राम्ररी खुटट लागेका छैनन् । बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो ।’
matrika
त्यही घटनामा माओवादी केन्द्रका नेता बलराम तिमिल्सिना लेख्छन् –
‘छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको । जे होस थैली मुख कस्ने चोरबाट जोगिने ।’
balaram


http://janapati.com बाट साभार
======================================
के.पी. पाठकको फेसबुक वालबाट 
=======================================
हैट ! अब त जिम्मेवार साथी भनेर घरमा लान पनि डर भो , भनौ लाजमर्दो कुरा........सहकार्य पनि कसरी गर्नु खै ....??
मनपर्‍यो
 Comment
टिप्पणीहरू
Khem Thapaliya जुँगा चल्यो, कुरा बुझ्यो
मातृका पोखरेल
Write a reply...
Madan Pravat के भो र केपी सर? हामी पनि पो सचेत हुनु पर्यो नि
Khem Thapaliya जुँगा चल्यो, कुरा बुझ्यो
Kp Pathak Bhupendra Khadka यो भन्दा बढी अहिले भन्न मिल्दैन गतीछाडाहरुको के कुरा गर्नु र ?
Balaram Timalsina Biplab छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको . जे होस थैलीको मुख कस्ने चोरबाट जोगिने !!
Kp Pathak balaram com. ko last ko kura ali chitta bijena. thailiko mukh kasne ani chor lai chahi swotantra chhodne ?
Khem Thapaliya हुन त यो तपार्इंहरुको अन्तरिक कुरा हो केपीजी । तर ती दुवैजनालाई आ–आफ्नो भूगोलमा पठाएर सांस्कृतिक मोर्चामा नयाँ नेतृत्व ल्याउँदा राम्रै होला ।
मातृका पोखरेल कहाँ केके भो हौ साथीहरु ? कुरो त गम्भीर छ जस्तो छ ।
Balaram Timalsina Biplab खै केपी सर के कुरा गर्छन गर्छन
मातृका पोखरेल
Write a reply...
Kp Pathak laxmi ji , chodna pani ali bhari nai parne, ali tala ka netalai nai garai parne k .
मातृका पोखरेल कहाँ केके भो हौ साथीहरु ? कुरो त गम्भीर छ जस्तो छ ।
Kp Pathak khai sir yo bhanda badhi kura ta yeha bhanna na milne hola. hami kaha aaipureko kura tapain kaha ta pakkai aayeko hola.
मातृका पोखरेल खै ! पेरिसडाँडामा साँस्कृतिक मोर्चा गनायो भन्दारैछन। कुरो चाहिँ क़े हो ? पटक्कै थाहा छैन ।मैले सोधेपछि कुरा सुनाउन होला, पेरिसडाँडामा हाकिमहरुले बोलाका छन्। जान पनि राम्ररी खुट्टा लागेका छैनन्। बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो।
मातृका पोखरेल
Write a reply...
Khadaga Pandey धेरै हुनुहुन्छ छानेर मात्र लानु पर्ला सर
मातृका पोखरेल केपीजी नरिसाउनुस न ! यो साँस्कृतिक मोर्चा, साँस्कृतिक मोर्चाको भूमिकामा छैन। आजमात्र होइन । हिजो म नेतृत्वमा हुँदा मैले पनि चलाउन नसकेकै हुँ। केही साथीहरु गुण्डागर्दीकै स्तरमा ओर्लिनुभयो। तर त्यसरी गुण्डागर्दीकै स्तरमा ओर्लिने २/४ जनामात्रै हुनुहुन्थ्य...अझ धेरै हेर्नुहोस्
Bom Kagiraj Tehi fataha hoki k ho. Jo harek hesable patita ho,,,,khute namrda.
Madhukar Devkota पूर्व अनुभबी र इमान्दार मन्त्रि हरु किन दोहोरिदैनन?पालै पालो देश बर्मलूट गर्ने .................
RC Neupane कुरा गम्भीर छ । यसको छिनो फानो सांस्कृतिक मूल्य मान्यताको आधारमा गरियोस । सत्य तथ्य छानविन समितिले बाहिर ल्याउला ।त्यतिन्जेल पर्खनु पर्छ । छानबिन समितिमा बसेकाले प्रतिक्रिया जनाउने भन्दा पनि गहिरो छानबिन तर्फ लागेर यथार्थ बाहिर ल्याउन ढिला गर्न हुद...अझ धेरै हेर्नुहोस्
Madhav Dhungel के भयो ? पहिलो चोटि केही भएको हो र ? सांस्कृतिक रुपान्तरण साँच्चै हुन्छ कि क्या हो ?
Liladhar Rimal गुमाउनु पर्ने सबै गुमाए। प्राप्ती गर्ने आशाहरु लगभग लगभग मरी सके। एस्तो अवस्थामा एउटा सचेत मान्छे रमीता हेरेर बस्दैन उसले बिद्रोह गर्छ। सचेत बिद्रोहको आवस्यकता देखियो
RamBir Manandhar हिन्दीमा ,लोगका काम है कहना ,छोडो बेकार कि बातों मे कहिं बितन जाय रहना ,कुछ तो लोग कहे गे,never end?
Bom Kagiraj कति रमाइलो हो कामरेड हरू खुल्लमखुल्ला बहस छ त ।फेसबुक पेज जॅनसास्कृतिक संघ को बैठक बस्ने गोप्य स्थान हो कि के हो ।
RamBir Manandhar कु्ण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार ?
मातृका पोखरेल हामीले छलफल यहाँ नगरौं । छलफल गर्ने हाम्रा आफ्ना ठाउँहरु छन् । उतै गरौं है साथीहरू । यहाँ बन्द गरौं ।
RamBir Manandhar भाइ भाइ रावण र बिभिषण पनि हो ।
Bom Kagiraj हैन हो को मान्छे हो यो अरुको छोरी चेली लाई आँखा लगाउने ।कि तेही त होइन? पुरानो बानी अझै गएन छ है त्यो पात को, ,,,,,
Ananda Pun कुराे बल्ल बुझियाे के पि दाजुकाे फेसबुक कमेन्टमा धेरै गन्थन देखेर यसाे कल घुमाकाे हैट कारवाहि गर्नुपर्छ , प्रसंग सापकाेटा र भण्डारि ज्युकाे रहेछ सत्यतत्थ बाहिर अाउन जरुरि छ र पार्टिले गम्भीर रुपले साेच्चु पर्छ सायद क , अाहुति काेरियाबाट फर्केपछि निष्कर्ष अाउला अास गराेै भर नपराै त्यसै त ठुला मान्छेकाे कुरा गुपछुप पार्ने चलन छ हाम्राे पार्टिमा। धेरै नलेखु बांकि ........ जय सम्भाे!
Samrat Kusari हैट कुरो त गम्भीर छ जस्तो लाग्यो.......

..........
मातृका पोखरेल
Write a reply...
Raju Kc aafulai katha kathit krantikari vanne tara nitikta ani samajik saskar laai bewasta garnelai k vannu ta

No comments:

Post a Comment