Sunday, August 21, 2016

केन्द्रीय नेता यौनकाण्डमा मुछिएपछि माओवादीमा खैलाबैला, तानिए गणेश भण्डारी र संगीतकार चेतन सापकोटा

गएको साता काठमाडौं निवासी राप्रपाका नेता प्रेम देसार माओवादी केन्द्रमा प्रवेश हुन र गराउन सफल भएको खुशियालीमा भएको पार्टी राति अबेरसम्म चलेपछि भण्डारी र सापकोटा पनि देसारसँगै उनको घरमा गएका थिए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई पाहुनाकै रूपमा सम्मान पूर्वक घरमा राखे । तर मदिराको नसाले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक मूल्यमान्यतासु संस्कार,नातासम्बन्ध र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरेको पिडित पक्षले पार्टीमा उजुरी दिएपछि खुलासा भएको हो ।
भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेपछि श्रीमतीले ‘गुहार’ मागेको र देसारले समयमै उद्धार गरि भण्डारी र सापकोटालाई पिटेर घरबाट निकालिदिएका थिए । त्यसपछि पिडितपक्षले भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराए । उजुरी आएसँगै पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरि अनुसन्धान अगाडि बढेको पेरिसडाँडा स्रोतले खबरवानीलाई बतायो ।
सांस्कृतिक महासंघकै एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा खबरवाणीलाई भने, ‘भण्डारी र सापकोटामाथीको आरोपमा अनुसन्धान अगाडि बढेको छ । आहुती कमरेड तुरुन्तै कोरिया जानुभएकाले छानवीन हुन सकेको छैन । संभवत भोली (मंगलबार) उहाँ फर्किएपछि अनुसन्धान अगाडि बढ्नेछ ।
ती सदस्यका अनुसार भण्डारीले आफुहरुबाट गल्ती भएको स्विकार गर्दै सामाजिक आलोचनाको विषय नबनाइदिन आग्रह गरिरहेका छन् । भण्डारीले पार्टीको जस्तोसुकै कारवाही पनि भोग्न तयार रहेको बताउने गरेका छन् । उता संगीतकार चेतन सापकोटाभने भुमिगत जस्तै भएका छन् । उजुरी लगत्तै पटक पटक पार्टी कार्यालयमा बोलाउदा उनी गएका छैनन् ।
भण्डारी र सापकोटा यौन काण्डमा मुछिएपछि मुल रुपमा एकतामा आइसकेका विभिन्न माओवादी पार्टीका साँस्कृतीक संगठनको एकतासमेत प्रभावित भएको छ । अध्यक्षनै यौनकाण्डमा फसेकाले यहि नेतृत्वमा एकता नहुनेभन्दै उनीहरुले दबाब दिएको स्रोतको भनाइ छ ।
यस्तै सामाजिक रुपमा व्यापक आलोचना सुरु भएपछि प्रधानमन्त्री प्रचण्डकहाँ सापकोटा र भण्डारी विपक्षीले आरोप लगाएको भन्दै चोखिने प्रयास गरिरहेको स्रोतको भनाइ छ ।
http://khabarbani.com बाट साभार 

No comments:

Post a Comment