Sunday, September 11, 2016

संगीतकार सापकोटालाई साथीकी छोरी हातपात गरेको आरोप

  • सोमबार, २० भदौ, २०७३
  •  
काठमाडौं । मान्छेमा जागरणको आवश्यकता औंल्याउँदै आफ्ना सिर्जना र गायकी पस्कदै आएका चेतन कार्कीलाई संगीतकर्मकै आधारमा धेरैले इमान्दार संगीतकर्मीका रुपमा बुझ्छन् ।

तर, अरुलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ती आह्वान गर्ने यिनै कलाकार सापकोटा आम बुझाइभन्दा निकै पृथक रहेको उदेकलाग्दो घटना फेला परेको छ ।

सापकोटा आम बुझाइ भन्दा फरक भूमिकामा प्रस्तुत भइदिदा माओवादी पार्टीकै लागि टाउको दुखाइको विषय बनेको चर्चा छ भने उनी स्वयं आफै दिनमा भोक न रातमा निद्रको अवस्थामा पुगेका छन् ।

उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी धब्बा पोतिन पुगेपछि यो घटनाले माओवादी हेर्डक्वार्टर नै बेस्सरी हल्लन पुगेको छ ।

आफ्नै साथीको किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ सम्बद्ध सापकोटाको अहिलेसम्मको इज्जतमा वात् लागेर गल्र्यामगुर्लम्म ढल्न पुगेको छ।

तर, माओवादीका दुई चर्चित सांस्कृतिक योद्धाहरुमा गम्भीर सांस्कृतिक विचलन देखापरे पनि यसलाइ पार्टीभित्रै कैद गर्ने प्रयास भइरहेको भन्दै माओवदीनिकट कलाकाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

यही प्रयासस्वरुप यो चर्चित काण्डलाइ प्रहरीमा जान नदिएर भित्रभित्रै थामथुम पार्न खोजिएको कलाकारहरुको बुझाई छ ।

भएको के हो ?

करिब १ महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा भण्डारी,सापकोटा, राप्रपाका असन्तुष्ट नेता प्रेम देशार र सिन्धुपाल्चोकका सोपकोटा थरकै एक युवक 'सोम रस' पान गर्ने उद्धेश्यसहित भेला भएका थिए । माओवदी प्रवेशको तयारीमा रहेका भनिएका देशारले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ ।

प्राप्त समाचारअनुसार जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए । स्रोतका अनुसार मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् ।

मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई उनीहरुका एक मित्रले आफ्नो निवासमा लिएर गएका थिए । ती मित्रले आफ्नो निवासमा भण्डारी र सापकोटलाइ लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजइरहेकी छोरीलाइ बोलाएर परिचय गराएका थिए ।

गितार बजाइरहेकी छोरीलाई छाडेर ती मित्रका दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारीले गितार सिकाउने बाहनामा साथीकी छोरीसँग जिस्किएर बसेका थिए । गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले छोरीका भित्री अंगमा स्पर्श गरेको वात् लागेको छ ।

कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीले खराब नियत राखेपछि छोरी चिच्याएर बचेको बताइन्छ । छोरी चिच्याएपछि अत्तलिएका पिताले उनीहरुकाे कर्तुत थाहा पाएपछि उनीहरुलाई बेस्सरी भकुरेका थिए । 'रामधुलाई' भेटेपछि जुत्ता चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए । आजको साँघु साप्ताहिकमा समाचार छ ।


http://www.nepalipatra.com बाट साभार 

No comments:

Post a Comment