Thursday, October 20, 2016

राप्रापा नेताकी छाेरीलाई चर्चित दुई पात्रले बलात्कार गर्न खाेजेपछि माअाेवादी केन्द्रमा तरंग

ganesh-chetan

२० भदाै २०७३ 

काठमाडाैँ ।
गणेश भण्डारी र चेतन सापकाेटा नेपाली परिवर्तनकारी सांस्कृतिक क्षेत्रका चर्चित नाम हुन् । जनयुद्धकाे क्रममा भण्डारी सुर्खेत जेल ब्रेक गरेका पात्र हुन् भने सापकाेटा शान्ति प्रक्रियापछि माअाेवादी पार्टीसँग जाेडिए । भण्डारीले माअाेवादी केन्द्र निकट जनसांस्कृतिक महासंघकाे अध्यक्ष र चलचित्र विकास बाेर्डकाे पनि अध्यक्ष भइसकेका पात्र हुन् ।
साँघु साप्ताहिका अनुसार उनीहरुले अाफ्नै साथीकी छाेरीलाई जबरजस्ती करणी गर्न खाेजेकाे समाचार अाएसँगै यी दुई पत्र सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा चर्चामा छन् ।
विभिन्न गीतका संगीतकार सापकाेटा र चलचित्र विकास बाेर्डका पूर्व अध्यक्ष भण्डारीले लालितपुरकाे एक रेष्टुरेन्टमा माअाेवादी केन्द्रमा अाउने तयारीमा रहेका राप्रपाका एक नेतासँगै मदिरापान गरेका थिए ।
मदिरा धेरै भएपछि भण्डारी र सापकाेटा अाफ्नाे निवासमा फर्कन नसकेपछि ती नेताले उनीहरुलाई राति १२ बजे अाफ्नाे चापागाउँस्थित निवासमा लिएर गए । उनले श्रीमति र छाेरीलाई परिचय गराए । गितार बजाइरहेकी छाेरीलाई छाेडेर नेता दम्पति सुत्न गए तर भण्डारी र सापकाेटा भने साथीकी छाेरीलाई गितार सिकाइरहेका थिए ।
गितार सिकाउँदा सिकाउँदै भण्डारी र सापकाेटाले नेताकी छाेरीलाई बलात्कार गर्न खाेजेकाे समाचार उल्लेख छ । छाेरी चिच्चाएकाे सुनेपछि ती नेताले भण्डारी र सापकाेटाकाे रामधुलाई गरे । उनीहरु जुत्तासमेत त्यही छाेडेर भागेका थिए । ती नेताले माअाेवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडाँ पुगेर उजुरी दिए ।
माअाेवादी केन्द्रका नेता विश्वभक्त दुलालकाे नेतृत्वमा बनेकाे दुई सदस्यीय छानबिन समितिले भण्डारी र सापकाेटामा सांस्कृतिक विचलन देखिएकाे भन्दै कारवाहीकाे लागि सिफारिस गरेपछि माअाेवादी केन्द्रमा तरंग पैदा भएकाे छ । उन्तमुक्तिकाे लागि दुबै चर्चित पात्र नेताहरुकाे दैलाेमा पुग्न थालेकाे बताइएकाे छ ।

http://onlinedabali.com बाट साभार 

No comments:

Post a Comment