Tuesday, January 31, 2017

यौनदुराचारी भण्डारी छिर्दा पेरिसडाँडामा हंगामा

maoist_center


काठमाडौं । गत साउनको अन्तिम सातातिर यौन दुराचारको अभियोग लागि पार्टीबाट निलम्वनमा परेका संस्कृतिकर्मी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश भण्डारी पेरिसडाँडाको एक बैठकमा छिरेपछि बैठकभित्रै हंगामा मच्चिएको छ ।

सोमबार पार्टीको सांस्कृतिक डिओसीको बैठक डाकिएको थियो । विहान १२ बजे सुरु भएको बैठकमा प्रमुख अतिथिको रुपमा झक्कु सुवेदीको उपस्थितिमा बैठक सुरु हुने बित्तिकै हंगामा मच्चिएको हो । बैठकमा यौनदुराचारीको आरोप पुष्टि भई कारवाही भोगिरहेका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भण्डारीलाई सह–इन्चार्जको रुपमा बैठकमा सहभागी गराएपछि हंगामा मच्चिएको हो । स्रोतका अनुसार सांस्कृतिक डिओसीका एक जिम्मेवार पदाधिकारीले पार्टी हेडक्वारटमा उजुरी नै दर्ता गरेका छन् ।

आफ्नै साथीकी श्रीमती र छोरीमाथि नशाको शुरमा यौन दुव्यर्वहारको प्रयास गरेको अभियोगमा निलम्वन भएका भण्डारी बैठकमा सहभागी हुन आएपछि आफ्नो इज्जत, इमान, मानप्रतिष्ठामाथि आँच आउने भन्दै ३० जनाभन्दा बढि सदस्यहरुले बैठक बहिस्कार गरेको हुन् । उनीहरुले तत्कालै भण्डारीका कारण पार्टी र सांस्कृतिक डिओसी नै बद्नाम हुने भन्दै थप कारवाहीको माग गर्दै पेरिसडाँडामा उजुरी दर्ता गराएका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यका अनुसार भण्डारीको सम्बन्धमा सोमबार दोस्रो उजुरी दर्ता भएको पुष्टि गरेका छन् । सोमबारको बैठकमा नेतृत्व गरेका झक्कु सुवेदीले समेत भण्डारीको आगमनप्रति असन्तुष्टि पोखेका थिए भने आहूति र इन्चार्ज बलराम तिमिल्सिना समेत झण्डारीलाई जिम्मेवारी दिन नहुने पक्षमा रहेको बताइन्छ ।

भण्डारीमाथि गत साउनको पहिलो साता पानी परिरहेको समयमा ललितपुरमा एक साथीको घरमा बास बस्न गएको समयमा साथीका परिवारका सदस्यमाथि यौन दुव्यर्वहार गरेको आरोप लागेको थियो । सो सम्बन्धमा पीडितहरुले पेरिसडाँडामा उजुरी दर्ता गरेका थिए । तत्कालै माओवादी पार्टीले दुई सदस्यीय छानविन समिति बनाएको थियो । केन्द्रीय कार्यालय सदस्य आहुति र पोलिटब्यूरो सदस्य तथा सांस्कृतिक डिओसीका इन्चार्ज बलराम तिमिल्सिना सम्मिलित छानविन समितिले दोषी ठहर गर्दै कारवाही गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा निलम्वित रहेका भण्डारीलाई अहिले एकाएक माओवादी केन्द्रको तर्फबाट व्यवस्थापिका संसदका सभामुखकी श्रीमान वर्षामान पुन र प्रधानमन्त्री पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालको दवावमा प्रदेश नम्बर ३ ले यौन दुराचारी भण्डारीमाथिको कारवाही फुकुवा गर्दै सांस्कृतिक डिओसीको सह–इन्चार्ज तोकिएको थियो । स्वयम् ३ नम्बर प्रदेशका नेताहरु समेत भण्डारीलाई जिम्मेवारी दिर्ने सर्कुलरप्रति असन्तुष्ट रहेको बताइन्छ । पछिल्लो समय प्रचण्डको अबैध हेडक्वाटरको रुपमा कार्यरत रहेका अनन्त र तीन वटा श्रीमती बिहे गरेका प्रकाश दाहालको दवावमा खराब मानिसलाई छिराएर सिंगो पार्टी र संगठन बद्नाम गर्न खोेजेको भन्दै अधिकांश माओवादी केन्द्रका संस्कृतिकर्मीहरु रुष्ट हुन पुगेका छन् ।

http://singhdarbar.com बाट साभार 

No comments:

Post a Comment