Saturday, January 14, 2017

संगीतकार चेतन सापकोटा र बोर्ड पुर्ब अध्यक्ष गणेश भण्डारीलाई जबर्जस्ती करणीको आरोप

फिल्मीबजार,

२ भाद्र २०७३,काठमाण्डौ / चलचित्र क्षेत्रलाई प्रायले नकरात्मक शैलीमा हेर्ने गरेका छन् । कारण यस क्षेत्र प्रति समाबेश ब्यक्तिहरुको गतिबिधि । तर,सबै उस्तै भन्न खोजिएको भने होईन । वास्वतमा राम्राको संख्या अत्यन्त न्युन छ भने खराब आचरण भएकाको हालिमुहालिकै कारण चलचित्र क्षेत्र दिन प्रतिदिन बेईजतको दलदलमा फस्दैछ ।नाम चलेका देखि लिएर नयाँ अनुहार समेत यस्ता गलत कार्यमा हुने गरेको देखिएको छन । यसै बिच चलचित्र संगीतकारको सुचिमा राम्रै स्थानमा रहेका संगीतकार चेतन सापकोटा र चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष गणेश भण्डारीको पनि कालो कर्तुत सार्बजनिक भएको छ । यि दुई चलचित्रकर्मीलाई जबर्जस्ती करणिको आरोपमा उजुरी समेत परेको छ ।

 यि दुई माओबादीका कार्यकर्ता समेत हुन् । अहिले पार्टीको मुख्यालय पेरिस डाँडामा सापकोटा र भण्डारीलाई जबर्जस्ती करणीको आरोपमा पार्टीमै उजुरी परेको हो ।सांस्कृतिक विचलनको नाममा उनीहरूमाथि अहिले नेकपा माओवादी केन्द्रले छानबिन थालेको छ ।भण्डारी माओवादी निकट एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको अध्यक्ष पनि हुन् । महासंघमा माओवादी सम्बद्ध अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ र अखिल नेपाल नाट्यकर्मी संघ आबद्ध छन् ।

 के भएको थियो ? 

घटना करिब दुई साताअघिको हो । भण्डारी र संगीतकार सापकोटा मैतीदेवीको एक रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए । त्यही बेला सुदीप सापकोटा नाम गरेका माओवादी कार्यकर्ताले सापकोटालाई फोन गरे । उनी पाटनको कुनै एक रेस्टुरेन्टमा राप्रपाका नेता प्रेम देशारसँग बसेर रक्सी खाँदै थिए । उनले भण्डारी र सापकोटालाई पाटनतिरै बोलाए । त्यहीँ बसेर देशार, भण्डारी र चेतन सापकोटाले राति साढे १० बजेसम्म रक्सी खाए । सोही क्रममा उनीहरू राम्रो सम्बन्ध स्थापित भयो । 

रक्सी धेरै खाएपछि सापकोटा र भण्डारी हिँड्न नसक्ने अवस्थामा पुगेकाले देशारले उनीहरूलाई आफ्नै घर चापागाउँ जान आग्रह गरे । भण्डारी र सापकोटा राजी भएपछि सबै चापागाउँ पुगे । देशार राप्रपाको राजनीतिबाट असन्तुष्ट छन् । सोही कारण उनलाई माओवादी प्रवेश गराउन आफूहरूले सहयोग गर्ने देशारलाई भण्डारी र सापकोटाले रेस्टुरेन्टमा दिएको बताइन्छ । 

झन्डै मध्यराति उनीहरू चापागाउँस्थित देशारको निवास पुगेका थिए । घरमा देशारकी श्रीमती र छोरी टिभी हेरेर बसेका थिए । देशारले सापकोटा र भण्डारीको परिचय गराइदिए । देशारकी छोरी मोडलिङ र संगीतप्रति बढी सौखिन रहिछन् । संगीतकार भएकाले सापकोटाले देशारकी छोरीलाई गितार बजाउने यसरी हो भन्दै सिकाउन थाले । उनलाई रक्सीले छाडेको थिएन । बाबुआमाकै अगाडि चेतनले छोरीको हात समाउने, जिस्काउने, स्पर्श गर्न थाले । गफगाफ गर्दागर्दै साढे १२ बजिसकेको थियो । देशारकी श्रीमती अर्को कोठामा सुत्न गइन् । देशार पनि उनीहरूलाई त्यहीँ छाडेर सुत्न गए । त्यही मौकामा चेतन र भण्डारीले देशारकी छोरीलाई जबर्जस्तीकरणी गर्न थाले । छोरीलाई समातेर यौन दुव्र्यवहार गरेको थाहा पाएपछि देशारकी श्रीमती आएर चिच्याइन् । उनलाई पनि चेतनले सोही व्यवहार गरेका थिए । 

श्रीमती कराएपछि प्रेम देशार आएर भकाभक चेतन र गणेशलाई कुट्न थाले । केही समय दुवै पक्षबीच फाइट चल्यो । देशार ताइक्वान्दोका ब्ल्याकबेल्ट पनि भएकाले उनले दुवैले लोत हुने गरी चुटे । त्यसपछि गणेश र चेतन त्यहाँबाट भागे । मध्यराति भाग्ने क्रममा दुवै आ–आफ्नो ढंगले कुदे । चेतन र गणेश खाली खुट्टामा भागेका थिए । भाग्दा भाग्दा गणेश बिहान ३ बजे गोदाबरी निस्केका थिए । चेतन भने कता पुगे गणेशले थाहा पाएनन् । बिहान भएपछि मात्र बल्ल एउटा ट्याक्सीलाई अनुरोध गरेपछि गणेश आफ्नो घरमा आएर सुतेका थिए । 

यसरी खुल्यो पोल 

चेतन र गणेशले आफ्नो श्रीमती र छोरीप्रति गरेको दुव्र्यहारले प्रेम देशार पीडामा थिए । उनले माओवादीकै एक नेता अर्जुन खालिङलाई यो कुरा सेयर गरे । खालिङले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गोपाल किराँतीलाई चेतन र गणेशको हर्कतबारे सबै बताइदिए । किराँतीले माओवादी नेता रामबहादुर थापा बादलकहाँ यो कुरा पु¥याइदिए । बादलले माओवादी सांस्कृतिक विभागका प्रमुख आहूति र बलराम तिमल्सिनालाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । 

पेरिसडाँडामा उजुरी 

प्रेम देशारले चेतन र गणेशविरुद्ध माओवादी मुख्यालय पेरिसडाँडामा उजुरी पनि दर्ता गराएका छन् । उनको उजुरीपछि आहूति र तिमल्सिनाले चेतन सापकोटा र गणेश भण्डारीलाई सम्पर्क गरेको थियो । भण्डारीले आफूमाथि पार्टीले गरेको छानबिनमा सहयोग गर्ने र कारबाही भोग्न आफू तयार भएको बताएको माओवादीका एक नेताले बताए । तर, चेतन भने अझै पनि छलेर हिँड्ने गरेका छन् । उनी कहिले विदेश त कहिले कुलेखानीतिर छु भनेर छल्दै हिँडेको पेरिसडाँडा स्रोतले बतायो । 

यही हप्ता छानबिन टुंगिने 

चेतन सापकोटा र गणेश भण्डारीको यो हर्कतले माओवादी कलाकारमा खैलाबैला मच्चिएको छ । उनीहरूमाथि सांस्कृतिक विचलनको आरोपमा कडा कारबाही नगरे धेरै कलाकार साहित्यकारले माओवाद पार्टी छाड्ने चेतावनी दिएका छन् । जसका कारण आहूति र तिमल्सिनाले यही हप्ताभित्र छानबिन टुंग्याउने प्रतिबद्धता जनाएको बुझिएको छ । माओवादी पार्टी निकट निर्माता निर्देशक केपी पाठकले फेसबुकमा अप्रत्यक्ष रूपमा सो विषयबारे स्टाटस राखेपछि ‘सापकोटा र भण्डारीको जबर्जस्तीकरणी’ को कर्तुतको पोल खुलेको हो । माओवादीका १० वटा घटक मिलेर नेकपा माओवादी केन्द्र भएकाले अन्य माओवादी सम्बद्ध कलाकारले यो घटनालाई चाँडो टुंग्याए मात्र एकता हुने भनेपछि आहूति र तिमल्सिनाले यही साता यो घटनाको विस्तृत जानकारी गराउने पेरिसडाँडा स्रोतले बतायो ।सो काण्डमा मुछिएका भण्डारीले भने आफूले गल्ती नगरेको, चेतनले गरेको गल्तीको सजाय आफू भोग्न तयार भएको निकटहरूलाई बताउने गरेका छन् । 

चेतन भन्छन्:मलाई दुष्मन लाग्यो 

यसै बिच संगीतकार चेतन सापकोटा संग फिल्मी बजारकर्मीले पटक पटक टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । तर,फेसबुकमा भने आफुलाई दुष्मन लागेको प्रतिकृया दिएका छन् । उनले सो बारे थप जवाफ दिएका छैनन् । सोही बारे भण्डारी संग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

*मिडियाएनपिको सहयोगमा

http://www.filmybazar.com बाट साभार 

 

No comments:

Post a Comment